२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बालबालिकाको पोषणमा सुधार ल्याउन रोल्पाका विद्यालयमा पोषण बगैंचा निर्माण गरिने


26
Shares

रोल्पा । बालबालिकाको पोषणमा सुधार ल्याउन नेपाल ग्रामीण पूर्ण निर्माण परियोजनाले रोल्पाका विद्यालयमा पोषण बगौँचा निर्माण गर्न थालेको छ । विद्यालयमा दिवा खाजामा पोषिला तथा ताजा तरकारीको प्रयोग बढाएर जंक फुडको उपभोग कम गर्न पोषण बगैचा निर्माण गर्न थालिएको हो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ मसिनाको सूर्याेदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले फुलवारी नभइ पोषणका लागि विद्यालय हाताभित्रै करेसाबारी निर्माण गर्दै छन् ।

विद्यार्थीलाई करेसाबारीको् अभ्यास गराउन नेपाल ग्रामीण पूर्ण निर्माण संस्था आरआरएन परियोजनाले दुर्गमका विद्यालयमा पोषण बगैचा निर्माण गर्न थालिएको हो । जसबाट अस्वस्थकर खानालाई विस्थापित गरी विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप दिन मद्दत गर्छ ।

विद्यालयमा पोषण सम्बन्धी अभ्यास गर्न सके विद्यार्थीको घरमा पनि परिवर्तन आउने हुदाँ यसले सहयोग पुगेको विद्यालयले जनाएको छ । विद्यार्थीले सिकेको कुरा घरमा अभिभावकलाई सिकाउने र घरमै करेसाबारी लगाउन सहयोग पुग्ने बताइएको छ ।

विद्यार्थीले खाजाको रुपमा अस्वस्थकर खाना खाइरहेको र पोषणका बारेमा विद्यार्थीलाई जानकारी दिन सके पोषणमा सुधार आउने विद्यालयका निमित्त प्रधानाध्यापक झबिलाल सुबेदीले बताउनुभयो ।

परियोजनाले बाली चक्र, लगाउने समय, बालीबाट कस्तो पोषण पाउछ र जैविक विषादीको बारेमा जानकारी पाएको विद्यार्थीहरुले बताएका छन् । बालीमा विषादी प्रयोगका विषयमा जानकारी नहुदाँ शुत्र किरामात्र नभइ बालीको मित्रु किरा पनि मर्ने गरेको उनीहरुको भनाइ छ । साथै घरमा पनि बाली लगाउँदा कुन बाली कुन समयमा लगाउने भन्ने थाहा नहुदाँ जथाभावी बाली लगाउने गरेको र अब घरमा पनि बाली चक्र प्रयोग गर्न सिकाउने बिद्यार्थीको भनाइ छ ।

नेपाल सरकारले विद्यालयमा अस्वस्थकर खाना प्रयोगमा रोक लगाएपनि त्यो कार्यान्वयन हुन सकेको छैन् । त्यस्ता खानाको प्रयोग रोक्न यस विद्यालयमा जस्तै अभ्यास गर्न र कार्यान्वयन गर्न सके विद्यार्थीको पोषणका साथै सरकारको निर्णय कार्यान्वयनमा पनि सहयोग पुग्ने थियो ।