२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुनको मूल्य हालसम्मकै उच्च


2.639k
Shares

काठमाडौं । सुनको मूल्यले दैनिक उचाइको रेकर्ड कायम गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्य एकै पटक तोलामा १६ सयले बढेर १ लाख १९ हजार ३ सयको उचाइ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि तोलामा ३ सयले बढेर १ लाख १७ हजार ७ सयको उचाइ कायम भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ महंगिएर १५ सय २० कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुनप्रति औंन्स २ हजार ६५ डलर हाराहारीमा कारोबार भैरहेको छ । डलरको बढ्दो मजबुती र जारी अन्तर्राष्ट्रिय द्वन्दसंगै सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको विश्लेषण गरिएको छ ।