१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


एनसेलको प्रमुख लगानीकर्ता आजियटाले गर्‍यो लगानी झिक्ने घोषणा


9.685k
Shares

काठमाडौं । मलेसियाको कम्पनी आजियटा नेपाली मोबाइल सेवा प्रदायक एनसेलबाट बाहिरिने भएको छ ।

आजियाटाको संचालक समितिको बैठकले एनसेलको लगानी झिक्ने निर्णय गरेको हो ।

आजियटाको एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा रहेको छ ।

मेरो मोबाइलको रुपमा सेवा शुरु गरेको कम्पनीमा स्वेडेनको टेलिया सोनेराले कम्पनीले लगानी गरेपछि एनसेल बनेको थियो । टेलिया सोनेराले मलेसियाको आजियटालाई शेयर विक्री गरेको थियो ।

आजियटाको संचालक समितिले दिन प्रतिदिन नेपालको आर्थिक अवस्था दिन चुनौतीपूर्ण बन्दै जाँदा मुनाफा प्रभावित हुन थालेको ठहर गर्दै कम्पनी विक्री गर्ने निर्णय गरेको हो ।

आजियटाले नोभेम्बर २९ मा जारी गरेका त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र त्यसका कारण अजियाटाको समग्र वित्तीय अवस्था प्रभावित भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् । आजियटाले एनसेलको शेयर विक्रीमा रहेको पनि घोषणा गरेको छ ।