८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नागरिकको अवस्था परिवर्तन गछौं : सभापति लामिछाने


1.248k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताउनुभएको छ ।

बुधबार जनकपुर धाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताउँदै शासकीय स्वरुपमा केही कमी कमजोरी रहेको बताउनुभयो ।

सभापति लामिछानेले शासकीय स्वरुपमा भएका कमी र कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम आफूहरुले काम गर्ने पनि बताउनुभयो ।

सभापति लामिछानेले मधेसलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढीरहेको पनि बताउनुभयो ।