
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताउनुभएको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरुले सोचेको भन्दा बलियो रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक मूल्य र मान्यता र कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीको बारेमा छलफल भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्