२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


न्यूनतम पारिश्रमिक सम्बन्धि व्यवस्था कार्यान्वयन गर्न माग


416
Shares

काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेण्टका मजदुरहरुले न्यूनतम पारिश्रमिक सम्बन्धि व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पनि सरकारले आफूहरुलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुने उनीहरुको माग छ ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले आज काठमाडांैमा गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै युनियनका अध्यक्ष लक्ष्मण तिवारीले सरकारको तोकेको न्युनतम मासिक पारिश्रमिक कार्यान्वयनमा नआए आन्दोलन गर्ने बताए ।

एमाले निकट मजदुर संगठन जिफन्टमा आवद्ध सो युनियनले योजदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै मजदुरलाई सूचिकृत गराउने काममा पनि सरकारको ध्यानाकर्षण गराएको छ । होटल तथा रेष्टुराँ मजदुरका लागि सरकारले मासिक न्युनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ तोकेको छ ।