
काठमाडौं । नेपाल सुपर लिग एन.एस.एल फुटबलमा बिहीबार साविक उपविजेता धनगढी एफ.सीले बुटवल लुम्बिनी एफ.सी.सँग खेल्नेछ ।
प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बिरगंज युनाइटेड एफ.सी.लाई २–१ ले हराएको धनगढी आज दोस्रो जितको खोजीमा छ ।
उता पहिलो खेलमा ललितपुरसँग २–० ले हारेको बुटवल लुम्बिनी पनि आज जितको खाता खोल्न चाहन्छ । एनएसएल फुटबलमा हिजो पोखरा थन्डर्स र ललितपुर सिटी एफ.सी.ले गोलरहित बराबरी खेलेका छन् ।
दशरथ रंगशालमा भएको खेल बराबरीमा टुंगिएपछि दुबै टोलीले एक एक अंक थपेका छन् । यो बराबरीपछि दुई खेलबाट ४ अंक जोडेको ललितपुर तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पोखरा थन्डर्स र काठमाडौं रेजर्सको पनि समान ४–४ अंक छ ।
प्रतिक्रिया दिनुहोस्