१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

आर्सनल र पि.एस.भी च्याम्पियन्स लिगको नकआउट चरणमा


611
Shares

काठमाडौं । आर्सनल र पि.एस.भी युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको समुह ‘बि’ को खेलमा फ्रान्सको लेन्सलाई ६–० ले हराउँदै आर्सनल नकआउट चरणमा पुगेको हो ।

यही समुहको अर्को खेलमा स्पेनको सेभियालाई ३–२ ले हराएको नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभन पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ । यो समुहमा पाँच खेलबाट आर्सनलको १२ अंक भएको छ भने पिएसभीको ८ अंक छ ।

बुधबार राति भएको समुह ‘ए’ को खेलमा म्यान्चेस्टर युनाइटेडले टर्कीको गालातासारेसँग ३–३ गोलको बराबरी खेल्दा जर्मनीको बायर्न म्युनिखले डेनमार्कको एफ.सी कोपनहेगनसँग गोलरहित बराबरीमा चित्त बुझायो ।

यो समुहबाट बायर्न म्युनिख नकआउट चरणमा पुग्दा बाँकी तीनवटै टोलीहरु गालातासारे, कोपनहेगन र म्यान्चेस्टर युनाइटेडको संभावना जिवित छ ।

समुह ‘सि’ को खेलमा स्पेनको रियाल मड्रिडले इटालीको नापोलीलाई ४–२ ले हराउँदा पोर्चुगलको स्पोर्टीङ ब्रागा र जर्कनीको युनियन बर्लिनले एक एक गोलको बराबरी खेलेका छन् ।

यसैगरि समुह ‘डि’ का खेलहरुमा स्पेनको रियाल सोसिडाडले अष्ट्रियाको साल्जवर्गसँग गोलरहित बराबरी खेल्दा इटालीको इन्टर मिलानले पोर्चुगलको बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्यो । सोसिडाड र इन्टर मिलान यसअघि नैं नकआउट चरणमा पुगिसकेका थिए ।