
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले तीन वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको छ ।
नगरपालिकाले ५, ७ र ११ नम्बर वडाको वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको हो ।
२०७८ सालमा पहिलो चरणमा १२ नं वडाको समेत गरेर चार वटा भवनको पिलर उठाउन र एकतले ढलान गर्नका लागि १ करोड १७ लाख रुपैयाँमा ठेक्का लगाएर काम सकिएको थियो ।
अहिले दोस्रो चरणमा एकमुष्ट ठेक्का लगाएर तीन वटा भवनको बाँकी काम सम्पन्न गरेको हो । श्रेष्ठ बिल्डर्सले दोस्रो चरणको काम ९८ लाख २३ हजार रुपैयाँमा सम्पन्न गरेको हो ।
नगरपालिकाले अझै भवन नभएका ३, ६ र १२ नं वडाको भवन बनाउने योजना अगाडि बढाइरहेको सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले जानकारी दिनुभयो ।
निर्माण सम्पन्न भएका भवनमध्ये ११ नम्बर वडाको भवन उद्घाटन गरिएको छ । निर्माण सम्पन्न भएका अन्य भवनका लागि पनि नगरपालिकाले उद्घाटनको कार्यक्रम राखेको छ ।
प्रतिक्रिया दिनुहोस्