
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छोडिएकोप्रति माफी माग्नुभएको छ ।
बिहीबार काठमाडौंमा म्युजिक भिडियो म्युम्जमा ए सार्वजनिक गर्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखि आज गन्तव्यमा पुर्याएको बताउनुभयो ।
मन्त्री किराँतीले भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताउनुभयो । उहाँले प्यासेन्जरहरुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको बताउनुभयो ।
मन्त्री किराँतीले युरोपियन युनियनको कालो सूचिमा देश करिव १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको बताउनुभयो । १२ बुँदै चिठी पठाएको र १२ बुँदा पालना गरेको खण्डमा कालोसूचिबाट हट्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्