१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एनएसएल फुटबलमा बुटवल लुम्बिनीमाथि धनगढी एक गोलले विजयी


0
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसी विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालालमा बिहीबार साँझ भएको खेलमा बुटवल लुम्बिनीमाथि शून्यकाविरुद्ध १ गोल निकाल्दै धनगढी विजयी भएको हो

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर पाएपनि सदुपयोग गर्न सकेका थिएनन् । तर इन्ज्युरी समयमा ओलावालेले अफसाइड ट्रयाप बिट गर्दै गोल रक्षकको खुट्टा मुनिबाट फिनिस गर्दै १–० को जित निकालेका हुन् । पक्का गरे ।

अब शुक्रबार वीरगञ्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।