१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दै


247
Shares

काठमाडौं । बिहीबारदेखि संकल्प यात्रा शुरु गरेको नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दैछ ।

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत एमालेले आज डोटीमा कार्यक्रम गर्न लागेको हो ।

शुक्रबार अध्यक्ष केपी ओली र नेता–कार्यकर्ताहरुले अमरगढीबाट यात्रा शुरु गरेपछि सकाली, गोपघाट, राजपुर चोक र दिपायलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भने सिलगढीमा सभा गर्नेछन् ।

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत शुक्रबार एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा झण्डोत्तलन गरी अभियानको शुभारम्भ गर्नु भएको थियो ।