२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीका रोडाढुंगा भारततर्फ चोरी निकासी हुँदै


3.978k
Shares

सिन्धुली । सिन्धुलीको कमलानदी आसपास र चुरे भावर क्षेत्रको सिन्धुली, सर्लाही र महोत्तरी जिल्लाको सिमा क्षेत्रबाट नदीजन्य रोडा ढुंगाहरु भारततर्फ चोरी निकासी भइरहेको छ ।

राति र साँझको समयमा चुरेभावर क्षेत्रको चोर बाटो हुँदै रोडा ढुंगाको अवैध कारोवार गर्नेहरुले विकास निर्माणको कामका लागि भन्दै सर्लाही र महोत्तरीका सग्रामपुर, सम्सी हुँदै भारतीय सिमा क्षेत्रमा पु¥याउने गरेका हुन् ।

कमलानदी क्षेत्रका विभिन्न स्थानबाट ढुङगा संकलन गरेर ट्रिफर र ट्रयाक्टरमा लोड गरी महोतरीको रातुखोलाको कालापानी ,बर्दिबास क्षेत्रमा अनलोड गर्ने गरेका देखिएका छन् । त्यहाँबाट ठूला ट्रिपरहरुमा लोड गरेर महोत्तरीकै औरही, रामगोपालपुर हुँदै भारतीय सिमा क्षेत्र पु¥याउने गर्दछन् ।

भारतीय क्षेत्रको भिठ्ठामोड, सुरसण्ड नाकाबाट भने भारतीय नम्बर प्लेटका ट्रक र ट्रिपरहरुमा ती ढुङगाहरु लोड भएर भारतीय सिमा क्षेत्रमा खुलेआम रुपमा बिक्री भएको खुलेको छ ।

यसरी जिल्लाहरुबाट अनियन्त्रित रुपमा ढुङगा गिट्टी, बालुवा भारत निकासी भएपछि स्थानीयस्तरमा सञ्चालित विकास निर्माणका योजना प्रभावित हुन थालेका छन् ।