१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता : अध्यक्ष ओली


117
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

शुुक्रबार पार्टीको महाकाली-मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह थापाको शालिकमा माल्यार्पण र फूल अर्पण गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अमरस्ंिह थापा जस्ता योद्धाहरुले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले हरेक नागरिकले आफू भन्दा पहिला देश सोच्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको बताउनुभयो ।