९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


काठमाडौंमा पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु


260
Shares

काठमाडौं । काठमाडौंमा शनिबारबाट पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिबल) सुरु भएको छ ।

३९ देशका ३४० कलाकृति प्रदर्शनमा राखिएको छ । कला महोत्स्वको शुभारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले कलाकारिता क्षेत्रमा अथाह सम्भावना रहेको बताउनुभयो । उहाँले कलाकृतिको माध्यमबाट देश तथा विदेशमा विभिन्न सन्देशमुलक अभियान सञ्चालन गर्न सकिने बताउनुभयो ।

मन्त्री लिम्बुले कलाकारिताको क्षेत्रलाई अझै बिस्तार गरेर लैजान सरकारको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले बिस्तारित रुपमा कलाकारितको क्षेत्रलाई अघि बढाउन सरकारले कहाँ र कसरी अघि बढ्ने भन्ने सुझाव विज्ञहरुले दिनुपर्ने बताउनुभयो । उहाँले विदेशी पाहुनासँग भएका सीपहरु, क्षमतालाई नेपाली समाजले सहजतापूर्वक ग्रहण गर्ने विषय भमहत्वपूर्ण ढंगले मेलामा ग्रहण गर्नुपर्ने बताउनुभयो ।

मन्त्री लिम्बुले कलाकारिता क्षेत्रको विकास सरकार एक्लैले मात्रै नसक्ने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइपुगेका छन् । सहभागी गराइने तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी छन् ।

कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्र जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।