१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तीस वटा आइपीएसलाई बक्यौता तिर्न ताकेता


286
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा इन्टरनेट सेवा प्रदायकलाई बक्यौता तिर्न सात दिनको अल्टिमेटम दिएको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचना मार्फत अल्टिमेटम दिंदै सात दिनभित्र नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो ।

बक्यौता तिर्न सूचना जारी गरिएका आइपीएसहरुमा अधिकांश काठमाडौं उपत्यकामा दर्ता भएका छन् भने केही उपत्यका बाहिरका पनि रहेका छन् ।

पछिल्लो समय ग्राहक संख्या घट्दै गएका कारण सानो लगानीका आइपीएसहरुले सेवा बन्द गर्ने क्रम बढ्दै गएको छ ।