
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार बस्दैछ ।
बैठक आज बिहान पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।
आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय भए पनि राष्ट्रियसभा निर्वाचनका कारण नयाँ मिति टुंगो लगाउनुपर्ने अवस्था आएकाले आजको बैठकमा पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ ।
साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ भने सरकारमा सहभागी मन्त्रीहरुको कामकारवाहीको बारेमा समीक्षा गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्