
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराती भएको दुर्घटनामा फुङ्लिङ नगरपालिका– ५ का ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ओरालो बाटोमा गाडी अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएर पल्टिँदा गाडीले नै निशानलाई किचेको र घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्