१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज युनाइटेड र ललितपुर सिटी भिड्ने


234
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा मंगलबार ललितपुर सिटीले वीरगञ्ज युनाइटेडको सामना गर्नेछ ।

प्रतियोगितामा वीरगञ्जको यो तेस्रो खेल हो भने ललितपुरको चोथो खेल । तीन खेलबाट ५ अंक जोडेको ललितपुर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आजको खेल जितेको खण्डमा ललितपुर लिग तालिकाको शीर्ष स्थानमा उक्लनेछ । दुई खेलबाट अंकविहीन वीरगञ्ज भने तालिकाको पुछारमा छ ।

नौ टोली सहभागी नेपाल सुपर लिग फुटबलमा तीन खेलबाट ७ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहेको छ । पोखरा, ललितपुर र काठमाडौंको समान ५ अंक छ । सोमबार भएको खेलमा काठमाडौं रेजर्सले झापा एफ.सटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।