१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जुनार पाकेर सिन्धुलीका बँगैचा पहेँलपुर


247
Shares

सिन्धुली । सिन्धुलीका किसानका बगैँचामा जुनार पाकेर पहेँलाम्मे भएका छन् । सिन्धुलीका प्रमुख बजारहरुमा जुनार प्रतिकिलो ८० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

सिन्धुलीको प्रमुख नगदेवाली सुन्तला जातको फल जुनार खेती गर्ने किसानहरुले छोटै समयमा पर्याप्त आम्दानी गर्न पाएका हुन् ।

सिन्धुली जिल्लामा जुनार खेतीको विकास, विस्तार र जुनार किसानहरुको आम समस्या समाधान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोनको कार्यले जुनार खेती विस्तार र रोग किरा नियन्त्रण भएपछि यस वर्ष पर्याप्त जुनार उत्पादन भएको छ ।

विगतमा परम्परागत रुपमा गरिँदै आएको धान, मकै, कोदो, फापर जस्ता खेतीको तुलनामा व्यवसायिक रुपमा गरिएको जुनारको खेतीबाट सिन्धुलीका किसानहरुले पर्याप्त आम्दानी गर्दै आएका छन् ।

जुनार उत्पादनका लागि नेपालमै प्रख्यात मानिएको सिन्धुलीमा यसवर्ष करिव २३ हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुने लक्ष्य रहेको छ । विगतमा प्रति वर्ष २९ देखि ३५ हजार मेट्रिक टनसम्म जुनार उत्पादन भएको तथ्यांकले छ ।

जुनार खेतीका लागि सिन्धुली जिल्ला नेपालमै प्रख्यात छ । सिन्धुली जिल्लाको प्रमुख नगदेवाली जुनार खेती विस्तार, बजारीकण तथा जुनार किसानहरुका समस्या समाधान गर्ने मुल हेतुले सरकारले जुनार सुपरजोन कार्यक्रम संचालन गरेपछि किसानहरुलाई फाइदा पुगेको हो ।

सिन्धुलीको तीनकन्या, वाशेश्वर, रतनचुरा, जलकन्या, भुवनेश्वरी, मझुवा लगायतका स्थानहरुमा जुनारको उत्पादन हुँदै आएको छ ।