
उदयपुर । उदयपुरमा ‘‘माटो र पानी जीवनको थालनी ’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाइएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकामा व्यवसायीक कृषि गर्दै आएका कृषकहरुले हातमा प्ले कार्ड बोकेर ¥याली गर्दै गाईघाट बजार परिक्रमा गरेका थिए ।
नगरपालिकाले यसअघि व्यवसायीक कृषि गर्दै आएका एक सय कृषकको खेतमा पुगेर माटो परीक्षण गरेको थियो । माटो परीक्षण गराएका एक सय कृषकलाई आज माटो सम्बन्धी जानकारी सहितको पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा कृषकहरुलाई सम्धोधन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित किसान र सरोकार वालालाई आग्रह गर्नभयो ।
प्रतिक्रिया दिनुहोस्