
काठमाडौं । यस वर्षको नारायणगोपाल स्मृति पुरस्कार वरिष्ठ संगीतकार तथा गीतकार गणेश रसिक र स्वर किनरी तारादेवीलाई मरोणोपरान्त प्रदान गरियो ।
नारायणगोपाल स्मृतीकोषले आयोजना गरेको नारायण गोपाल पुण्यस्मृतिमा सम्मान एवं वृन्दबादन कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।
सम्मान स्वरुप उहाँहरुलाई कदरपत्रसहित नगद जनही ५१ हजार रुपैयाँले सम्मान गरिएको हो । स्मृति सभामा विभिन्न कलाकारहरुले नारायण गोपालका कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सो कोषले आगामी दिनमा नारायणगोपालको कदर स्वरुप विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिएको थियो । कार्यक्रममा वरिष्ठ गीतकार, संगीतकार, गायक गायिका लगाएत विभिन क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्