३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नेपालमै रेड बुल उत्पादन सुरु


30.407k
Shares

काठमाडौं । रेड बुलले नेपालमै उत्पादन सुरु गरेको छ ।

रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको हो ।

रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड सहितको फ्याक्ट्री संचालनमा ल्याएको जनाएको हो ।

यस फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत, वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गरिने पनि जनाइएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको उद्घाटन गर्नुभएको हो । अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने जनाइएको छ ।