३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


एमालेको समृद्धिका लागि संकल्प यात्रा आज बागलुङमा


1.599k
Shares

काठमाडौं । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज बागलुङ पुग्ने भएको छ ।

दुई दिनसम्म बाग्लुङमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली विभिन्न पालिकामा पुगेर जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ ।

संकल्प यात्रालाई लक्षित गरी एमालेले १० स्थानीय तहका गाउँ तथा नगर र वडास्तरसम्म भेला आयोजना गरिसकेको छ ।

नेकपा एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडी राजमार्गको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ ।