१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यवासाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैन : अध्यक्ष ढकाल


364
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लगानी कर्ताको हिसावले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको बताउनु भयो ।

अध्यक्ष ढकालले कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहज भएपनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताउनु भयो । उहाँले नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको बताउनु भयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग यस विषयमा आवाज उठाएको बताउनु भयो । साथै उहाँले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठूलो अवसर रहेको बताउनु भयो ।