२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


न्युरोडस्थित सुन गाल्ने कारखानाबाट एक जना पक्राउ


2.223k
Shares

काठमाडौं । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गय राति न्युरोडस्थित कारखानामा छापा मारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानोभ¥याङ बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डे पक्राउ परेका हुन् ।

प्रहरीले सुन समेत बरामद गरेको छ । यद्यपि कति परिमाणको सुन हो भन्ने यकिन भइसकेको छैन । ५ किलो भन्दा बढी सुन हुनसक्ने प्रहरीको अनुमान छ ।