२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


राप्रपाले अस्थिरता र अराजकताभित्र आफ्नो भविष्य खोज्दैन : अध्यक्ष लिङ्देन


260
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जन दवावका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताउनुभयो । उहाँले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दवावका कार्यक्रम अघि बढाउने बताउनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताउनुभयो ।