१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : अध्यक्ष ओली


208
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओली जिकिर गर्नुभयो । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधबार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गर्नुभयो । अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अपm्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताउनुभयो ।