
काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपालले प्रभावकारी कदम चालेको बताउनुभएको छ ।
बुधबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री महतोले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जलवायु परिवर्तनको प्रभावलाई उच्च व्यवस्थापन गर्नसक्ने देश भएको पनि बताउनुभयो ।
मन्त्री महतोले जलवायु परिवर्तन न्युनिकरणका लागि नेपालले विभिन्न नीतिहरु बनाएको र प्रभावकारी कार्यान्वयनको चरणमा गइरहेको बताउनुभयो । उहाँले विश्वव्यापी सहयोग र साझेदारीको वकालत गर्नु नेपालको अधिकार रहेको बताउनुभयो । उहाँले वित्तीय स्रोत नेपालको सामुहिक कार्य गर्नको लागि आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री महतोले प्यानल छलफलले जलवायु परिवर्तनको सामना गर्ने क्रममा समुदायको समस्याहरु समाधान गर्नेतर्फ पनि महत्वपूर्ण भुमिका खेल्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्