
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले दोस्रो जित निकालेको छ ।
बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० गोलले हराउँदै पोखरा विजयी भएको हो ।
जारी लिगमा अपराजित रहेको पोखरा ४ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो ।
यस्तै, इलामले काठमाडौं र बुटवलसँग हार बेहोरेको थियो भने झापालाई पराजित गरेको थियो । पराजित भएको इलाम ३ अंकसहित छैटौँ स्थानमा छ । ९ टोली सहभागि लिगमा तीन खेलबाट ७ अंक जोडेको धनगढी दोस्रो स्थानमा रहेको छ भने ललितपुर ६ अंकका साथ तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्