१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एन.एस.एल फुटबलमा आज चितवन र बुटवल लुम्बिनी भिड्ने


234
Shares

काठमाडौं । नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा आज चितवन एफ.सी.ले बुटवल लुम्बिनी एफ.सी.को सामना गर्नेछ ।

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दुवै टोलीको यो चौथो खेल हो । चितवनले यसअघिका तीनमध्ये एक खेल जितेको छ भने एकमा हार तथा एकमा बराबरी गरेको छ । यसैगरि बुटवल लुम्बिनीले एक खेल जित्दा दुई खेल हारेको छ ।

एन.एस.एल फुटबलमा बुधबार स्पोर्टिङ इलाम एफ.सी.लाई १–० ले हराउँदै पोखरा थन्डर्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी लिगमा अपराजित रहेको पोखराले ४ खेलबाट ८ अंक जोेडेको छ ।

नौ टोली सहभागी लिगमा तीन खेलबाट ७ अंक जोडेको धनगढी दोस्रो स्थानमा रहेको छ भने ललितपुर ६ अंकका साथ तेस्रो स्थानमा छ ।