
सिन्धुली । सिन्धुलीमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको सुरुङ र बाँध निर्माण कार्य तीव्रगतिमा अगाडी बढेको छ ।
करिब ४६ अर्ब रुपैयाँको लागतमा निर्माण हुने यो बहुचर्चित डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये करिव ११ किलोेमिटर सुरुङ निर्माण भइसकेको छ भने सुनकोशी नदीमा बाँध निर्माणको कार्य पनि भइरहेको छ ।
आयोजनाको सुरुङ्ग निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिंग कम्पनी कोवेकले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पटेल रमण जेभीले अघि बढाएको छ ।
डाईभर्सन बहुदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टनेल वोरिङ मेसिन टिविएम संचालन भएको कुल १४ महिनाको अवधिमा करिव ११ किलोमिटर सुरुङ निर्माण सम्पन्न हुन लागेको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिनुभयो ।
सुरुङ्ग निर्माण संगसंगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य पटेल रमण जेभी ठेकेदार कम्पनीबाट अघि बढाइएको छ भने ३१ मेगावाट विद्युत उत्पादन र मरिण नदी नियन्त्रणका निम्ति आवश्यक पुर्वाधार निर्माणका कार्यहरु सञ्चालन भएका छन् । आयोजनाअन्तर्गत ३१ मेगावाट विद्युत उत्पादनका निम्ति आवश्यक पुर्वाधार निर्माणका कार्यहरु संचालन हुन थालेका छन् ।
सरकारले निर्माणका लागि उच्च प्राथमिकतामा राखेको यो आयोजना सिन्धुलीको सुनकोशी गाउँपालिकाको कानढुङग्रीबाट सुनकोशी नदीको ६७ हजार लिटर प्रति सेकेण्ड पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी मरिण क्षेत्रमा पु¥याएर ३१ मेगावाट विद्युत उत्पादन गर्ने र सो पानी हालको बागमती सिँचाइ योजनाको नहरबाट तराईका सर्लाही, रौतहट, महोतरी, धनुषा लगायतका जिल्लामा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्