१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेको समृद्धिका लागि संकल्प यात्रा आज पर्वतमा


429
Shares

काठमाडौं । नेकपा एमालेले शुरु गरेको समृद्धिका लागि संकल्प यात्रा आज पर्वतमा पुगेर विभिन्न कार्यक्रम गर्दैछ ।

बिहीबार बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वततर्फ लागेको हो ।

नेकपा एमाले पर्वतले कुश्मा बजारमा आयोजना गरेको जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आमसभा अघि कुश्मा बजारका चार वटा स्थानबाट जुलुस प्रदर्शन गरिने भएको छ भने सभापछि सदरमुकाम कुश्माबजारमा हुने आमसभामा अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । आमसभापछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा यो यात्रालाई बिदाइ गरिनेछ । त्यसपछि संकल्प यात्रा आज पोखरा तर्फ लाग्नेछ ।

पर्वतमा आयाजना हुने आमसभाको तयारी पूरा भइसकेको छ । जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ संगठनका छुट्टाछुट्टै ¥याली, झाँकी, भजन तथा पञ्चेबाजा सहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिनुभयो ।