१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा एउटै गाउँबाट साढे दुई करोडको आलु बिक्री


2.106k
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडले दुई करोड ६० लाखको बीउ आलु निर्यात गरेको छ ।

दुई सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले जानकारी दिनुभयो ।

गत वर्ष खाने आलुसहित बीउ आलु सात सय टन निर्यात भएको थियो । यहाँ उत्पादित आलुको बीउ स्याङ्जासहित, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, गोरखा, रुपन्देही, अर्घाखाँची, तनहुँलगायत जिल्लाका कृषि ज्ञान केन्द्रले खरिद गरेका छन् ।

आलुको गुणस्तर राम्रो भएकाले जातअनुसार ६५ देखि ७० टनसम्म सजिलै बिक्री भएको संस्थाका अध्यक्ष कँडेलले बताउनुभयो ।

आलु उत्पादक किसान भेला भएर बर्सेनी खाने र बीउ आलुको मूल्य निर्धारण भएपछि मात्र बजारमा पठाउने गरिएको छ । अध्यक्ष कंडेलका अनुसार यो वर्ष सहकारीले १२ लाख ८३ हजार आम्दानी गरेको छ ।