२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकार गैरजिम्मेवार भएर सत्तामा बसिरहेको छ, एमाले अध्यक्ष ओली


247
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाउनु भएको छ ।

मेची—महाकाली अभियान अन्तर्गत बिहीबार बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारलाई लज्जाबोध समेत नभएको टिप्पणी गर्नुभयो ।

सरकारमा कुनै इमान भए तत्काल राजीनामा दिएर निस्किनुपर्ने भन्दै अध्यक्ष ओलीले सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको आरोप लगाउनुभयो । वर्तमान सरकार पुरै असफल भइसकेको उहाँको जिकीर थियो ।

आजै पर्वतको कुश्मामा आयोजित कार्यक्रममा ओलीले कोशी प्रदेशमा एमालेहरुलाई प्रवेश गर्न दिन्न भन्नेहरुलाई बेलैमा बुद्धि सच्याउन चेतावनी दिनुभयो ।