
एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाको भीषण बमबारी जारी छ । गाजापट्टीको उत्तरी क्षेत्र जबालियादेखि दक्षिणी क्षेत्र खान युनिससम्म इजरायली सेनाले बमबारी गर्दा सर्वसाधारण नागरिकको बिचल्ली भएको छ ।
गाजा पट्टीमा निहत्था नागरिकलाई आश्रय लिन कुनैपनि स्थल सुरक्षित नभएको राष्ट्रसंघले जनाएको छ । पछिल्लो पटक इजरायली सेनाले उत्तरी गाजामा संयुक्त राष्ट्रसंघद्धारा संचालित एउटा विद्यालयमा छापा मारेको छ ।
त्यहाँ आश्रय लिइरहेका दर्जनौं प्यालेस्टाइनी नागरिकलाई इजरायली सेनाले नियन्त्रणमा लिएको बताइएको छ । ती प्यालेस्टाइनी नागरिकलाई इजरायली सेनाले निर्वस्त्र बनाएर अज्ञात स्थलतर्फ लगेको भिडियो सार्वजनिक भएको छ ।
गाजापट्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक आज बस्दैछ । बैठकले गाजा क्षेत्रमा मानविय संकट टार्न ठोस निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्