२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


भारतीय कलाकार जुनियर महमुदको निधन


2.353k
Shares

एजेन्सी । भारतीय फिल्म जगतका चर्चित हास्य कलाकार जूनियर महमूदको निधन भएको छ ।

पेटको क्यान्सरले पीडित उनलाई केहीसमय अघि अस्पतालमा भर्ना गरिएको थियो । महमुदको ६७ बर्षको उमेरमा आज विहान निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय फिल्म जगतमा ६० देखि ८० को दशकमा महंगा कलाकारका रुपमा रहेका महमुद आफ्ना अभिनयका कारण धेरैको मन जित्न सफल रहेका थिए ।

सन् १९६८ मा ब्रह्रमचारी फिल्मबाट आफ्नो फिल्मी अभिनय शुरुवात गरेका महमुदले दो रास्ते, आन मिलो सजना, कटी पतंग, हाथी मेरे साथी, कारवाँ लगायत करिव तीन सय चलचित्रमा अभियनय गरेका छन् ।