१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउँछ : अध्यक्ष ओली


78
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताउनुभएको छ ।

शुक्रबार पोखरामा आयोजित महाकाली-मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बतउनुभएको हो । उहाँले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर गर्नुभयो । उहाँले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताउनुभयो । उहाँले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन २०८४ अघि सारेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताउनुभयो ।