
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कांग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नुनहुने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताउनुभयो ।
नेता कोईरालाले कम्युनिष्ट पार्टीहरुसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताउनुभयो । उहाँले देश परिवर्तन गर्नु छ भने कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले गठबन्धन पनि निर्वाचन पछि गर्ने की अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताउनुभयो ।
नेता कोईरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने थरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्