२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य : रमेश लेखक


65
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो । उहाँले असन्तुष्टिहरु संविधान र अहिलेको व्यवस्थाकाविरुद्ध मुखरित हुन नदिन संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका लागि काँग्रेस सचेत रहेको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताउनुभयो ।

प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेकोप्रति नागरिकसमक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै काँग्रेसले यसबारे गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।