
काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताउनुभएको छ ।
शुक्रबार चालु आर्थिक वर्ष २०८०/०८१को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक पछि गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनु भएको हो ।
गभर्नर अधिकारीले कात्तिक महिनाको मुद्रास्फीति दर मौद्रिक नीतिको समिक्षामा फेवर हुने भएकाले नीतिगतदर हेरफेर गरिएको बताउनुभयो । उहाँले केही दिनमा प्रकाशित हुने वर्तमान अर्थतन्त्रको तथ्यांकका सूचकहरुले पुष्टि हुने बताउनुभयो ।
गभर्नर अधिकारीले राष्ट्र बैंक मुद्रास्फीति घटाउने विषयमा सचेत रहेको बताउनुभयो । उहाँले नीतिगत दर घटाउँदा बैंकहरुमा ऋणको माग बढाउने अपेक्षा रहेको बताउनु भयो । उहाँले अहिले बजारमा कर्जाको माग बढाउनुपर्ने भएकोले पनि नीतिगत दरहरू घटाएको बताउनुभयो ।
गभर्नर अधिकारीले १० देखि १५ हजारसम्मको सानो आकारमा आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी भएको बताउनुभयो । उहाँले हुण्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अपm्ठ्यारो हुँदै आएको गुनासो आएकाले सहजिकरण गर्न खोजिएको बताउनुभयो ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले अध्ययन गरेर नै नै रेमिट्यान्स सेवा बन्द गरेको बताउनुभयो । उहाँले सुरूमा १ लाखबाट घटाएर २५ हजार हुँदै बन्द गर्दा समस्या भएको विभिन्न एजेन्सीले गुनासो गरेकाले खुला गरिएको बताउनुभयो ।
गभर्नर अधिकारीले २५ लाखसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैंकहरुले बोक्नुपर्ने स्पष्ट पार्नुभएको छ ।
गभर्नर अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्र बैंकले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने नीतिगत रुपमा व्यवस्था गरेको बताउनुभयो । उहाँले ब्याज करिडोर मेन्टेन गर्नका लागि राष्ट्र बैंक सजग रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्