१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो : सांसद पाण्डे


286
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताउनुभएको छ ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभएको टिप्पणी गर्नुभएको हो । उहाँले शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताउनुभयो ।

पहिल्यै सम्बन्धित व्यक्तिको श्रीमतिको नाममा २० प्रतिशत शेयर रहेको उल्लेख गर्दै उहाँले अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत शेयर लिनु नै नाटक भएको उहाँको भनाई छ । यस प्रकरणमा राज्यले गम्भिरतापूर्वक ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

सांसद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुशासन कायम गर्न नसकेको बताउनुभयो । उहाँले कर्मचारी परिचालनको सम्बन्धमा मन्त्रालयबाट नकारात्मक काम भइरहेको बताउनुभयो । सांसद पाण्डेले स्थानीय तहहरुमा प्रशासकिय प्रमुखहरुलाई स्वार्थ अनुकुल सरुवा गर्ने गरिएको भन्दै यसले गर्दा राजनीतिक प्रणालीप्रति नै प्रश्न उठ्न थालेको बताउनुभयो ।