२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लुम्बिनीमा निःशुल्क आँखाको शल्यक्रिया (तस्बिरहरु)


728
Shares

लुम्बिनी । लुम्बिनीमा निःशुल्क आँखाको परिक्षण र उपचारका लागि चार दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

राजकीय थाई बिहार, लुम्बिनी, थाई राजदुतावास र युनिभर्सल कलेज एफ मेडिकल साइन्सको आयोजना गरेको शिविरमा लुम्बिनी क्षेत्रका बासिन्दाहरुको निःशुल्क मोतीविन्दुको शल्यक्रिया समेत गरिएको थियो ।

थाइ नरेश स्वर्गीय भूमिवोल अतुल्यतेजको जन्मजयन्तीको अवसरमा गरिएको आँखा शिविरमा डा. सन्दुक रुइत नेतृत्वको टोलीले मोतीविन्दुको उपचार गरेको हो ।

बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधि विदेस सुफोटले थाई बिहार, रामग्राम, निग्रोधाराम, कुदानका स्थानीय बासिन्दालाई लक्षित गरेर आँखा शिविर राखिएको जानकारी दिनुभयो । साथै थाई नागरिकहरुको सहयोगमा मोबाईल दन्त उपचार शिविर पनि राखिएको थियो ।