२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बैतडीमा जारी बीडीएस कप क्रिकेटमा निङ्लाशैली क्लबको विजयी सुरुवात


182
Shares

बैतडी । बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा निङलाशैनी क्रिकेट क्लब, देहिमाडौंले शानदार सुरुवात गरेको छ ।

समूह बी को पहिलो खेलमा कालाशैनी क्रिकेट क्लबले बुड्डालाई ९ विकेटले पराजित गर्दै निगालाशैनीले शानदार जित निकालेको हो ।

निगालाशैनीको जितमा खडक बोहराले अलराउन्डर प्रदर्शन गरे । कालाशैनीले दिएको २०४ रनको मध्यम लक्ष्य निगालाशैनीले २२.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा बोहोराले शतकीय पारी खेले । उनले ७० बलको सामना गर्दै १८ चौका र २ छक्काको मद्दतमा १०६ रनमा अविजित रहे ।

नरेन भट्ट ६७ रनमा नटआउट रहे । दिपेश बोहरा १५ रनमा आउट भए । यस्तै कालाशैनीका लागि नरेश राम लावडले १ विकेट लिए । त्यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको कालाशैनी ४४ ओभरमा २०३ रन बनाएको थियो ।