२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु


234
Shares

सुनसरी । सुनसरीसँग जोडिएको भारतीय सीमा क्षेत्रमा रहेका २ सय ९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको छ ।

नेपालको सुनसरी र भारतको बिहार राज्यको अररिया सुपौल जिल्लाको सीमानामा रहेका सीमा स्तम्भहरुको मर्मत गरिएको हो ।

नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ भारतिय सुरक्षा बल एसएसबीको टोलीले सीमा स्तम्भको मर्मत कार्य सुरु गरेका हुन् ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डिआइजी अन्जनी कुमार पोखरेलका अनुसार एक हजार ७ सय ८७ सीमा स्तम्भको मर्मत भैरहेको हो । ती मध्ये सशस्त्र प्रहरीले ४ सय ८४ वटा विजोर नम्बरका सीमा स्तम्भ र बाँकी सीमा स्तम्भ भारतीय पक्षले मर्मत गर्ने पनि उहाँले बताउनुभयो ।