२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु


663
Shares

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका– ७ लौकहामा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा एक जनाको मृत्यु भएको छ ।

खेत जोतिरहेका ५५ वर्षीय बैजुलाल पण्डितको बिजुलीको तार खसेर करेन्ट लागरे मृत्यु भएको हो ।

शनिबार बिहान खेत जोतिरहेका बेला पण्डितमाथि एक्कासी ११ हजार भोल्टको तार चुडिएर खसेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।