
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सलाई हराउँदै बुटवल लुम्बिनी शीर्ष चारमा उक्लिएको छ ।
दशरथ रङ्गशालामा शनिबार भएको खेलमा काठमाडौंलाई २–१ गोलले हराउँदै बुटवल तेस्रो स्थानमा उक्लिएको हो ।
बुटवल लुम्बिनीले ५ खेलमा ७ अंक जोडेको छ । एक खेल कम खेलेको काठमाडौें ५ अंक सहित तालिकाको पाँचौ स्थानमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्