१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल सुपर लिगमा ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दै


143
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा ललितपुर हालसम्म अपराजित छ । यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरीको नतिजा निकालेको ललितपुर तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

यता, चार खेलबाट पाँच अंक जोडेको चितवन भने तालिकाको पाँचौँ स्थानमा छ । चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । आजको खेल जितेको खण्डमा चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

यसअघि हिजो भएको सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौँ रेजर्सलाई हराउँदै बुटवल लुम्बिनी शीर्ष चारमा उक्लिएको छ । काठमाडौँलाई २–१ ले हराउँदै बुटवल तेस्रो स्थानमा उक्लिएको हो ।

बुटवल लुम्बिनीले ५ खेलमा ७ अंक जोडेको छ । एक खेल कम खेलेको काठमाडौें ५ अंक सहित तालिकाको पाँचौ स्थानमा झरेको छ । यसअघि हिजै भएको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलामले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । यो बराबरीसँगै धनगढी शीर्षस्थानमा उक्लिएको छ ।

धनगढीले ४ खेलबाट ८ अंक जोडेको छ । ८ अंक नै भएको पोखरा गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । इलामले ५ खेलबाट ४ अंक बनाएको छ ।