१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बीमा कम्पनीबाट पीडित भएको सर्वसाधारणको गुनासो


988
Shares

बारा । जिवन बीमा कम्पनीहरुले बाराका सर्वसाधारण बिमितहरुले नियमित जम्मा गर्न नसकेको रकम ऐन विपरीत विभिन्न बहाना बनाएर आधा रकम मात्र फिर्ता गर्ने गरेपछि स्थानीयले गुनासो गरेका छन् ।

सरकारको नियमनकारी निकायले बेवास्ता गर्दा कम्पनीहरुले फिर्ता हुन चाहेका सर्वसाधारण बिमितलाई नया बिमित कम्पनीमा नजोडिएसम्म रकम फिर्ता नगर्ने भएकाले पीडितहरुले महिनौपछि आधा मात्रै रकम पाएका छन् ।

सिमरा, जितपुर, निजगढ, कलैया लगायतका ग्रामीण बजारमा अन्य पेशामा रहेकाहरुले समेत जिवन बीमा कम्पनीहरुले दिने कमिशनका कारण निम्न आय भएका सर्वसाधारणलाई झुक्याएर नियमित र थेग्नै नसक्ने ठुला रकमका बीमा गराउने गरेको स्थानीयको आरोप छ ।

स्वास्थ्य लगायत विभिन्न शिर्षकका बीमामा एक दुई पटक जम्मा गराएपछि नियमित गर्न नसक्ने सर्वसाधारणले कम्पनीले पैसा फिर्ता नदिएको भन्दै जनप्रतिनिधि तथा प्रहरी प्रशासनमा दबााब दिन थालेका छन् ।