३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


एमालेको समृद्धिका लागि संकल्प यात्रा : आज काभ्रेमा


0
Shares

काठमाडौं । सुदूरपश्चिमबाट शुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ बाग्मती प्रदेश आइपुगेको छ । यात्रा शनिबार गोरखाबाट धादिङको सल्यानटार हुँदै नुवाकोटको बट्टार पुगेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको मध्यपहाडी राजमार्गकेन्द्रित यात्राले आधाभन्दा बढी दुरी पार गरि शनिबार नुवाकोटको बट्टार पुगेको हो ।

बट्टारमा शनिबार राति भएको आमसभामा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो । बैतडीबाट डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, धादिङ हुँदै एमालेको यात्रा नुवाकोट पुगेको हो ।

संकल्प यात्रा आज काभ्रेको धुलिखेल आइपुग्दैछ । यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ ।